राँझा— बाँकेका अस्पतालमा उपचाररत थप आठ संक्रमितको गए राति मृत्यु भएको छ । भेरी अस्पतालमा पाँच र शिक्षण अस्पताल कोहलपुरमा तीन गरी थप आठजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीले जानकारी दिए ।

उनका अनुसार बर्दियाको बढैयाताल गाउँपालिका–१ निवासी ३० वर्षीया महिला, बढैयाताल–२ निवासी ६५ वर्षीया महिला, दाङको दङ्गीशरण गाउँपालिका–५ निवासी ८५ वर्षीया महिला, नेपालगन्ज उपमहानगरपालिका–१५ निवासी ७३ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–२ निवासी ५३ वर्षीया महिलाको उपचारका क्रममा मृत्यु भएको हो ।

यसैगरी, कैलालीको, लम्कीचुहा नगरपालिका–१ निवासी ४३ वर्षीय पुरुष, दाङको तुलसीपुर उपमहानगरपालिका–६ दाङ निवासी ४९ वर्षीय पुरुष र नेपालगन्ज उपमहानगरपालिका–११ निवासी ४३ वर्षीय पुरुषको उपचारकै क्रममा गए राति मृत्यु भएको जिल्ला कोभिड स्रोत व्यक्ति वलीले जानकारी दिए ।

यससँगै कोरोनाभाइरस संक्रमणका कारण यहाँ बाँकेका १८० र जिल्ला बाहिरका १३६ जनाको मृत्यु भएको छ । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय