जनकपुरधाम— धनुषामा आजदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरेको छ।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय धनुषाले आज बिहान ६ बजेदेखि धनुषाभर निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा वैशाख ३१ गते राति १२ बजेसम्म जारी रहने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

निषेधाज्ञाको अवधिमा अति आवश्यक काम बाहकेक घरबाट बाहिर ननिस्कन नागरिकलाई स्थानीय प्रशासनले आग्रह गरेको छ । निषेधाज्ञाको अवधिमा स्वास्थ्य सेवाका क्षेत्रहरु, वितीय संस्था, एम्बुलेन्स, दूधका सवारी, प्रेस, तथा सवारी पास प्राप्त सवारीसाधनलाई मात्र सञ्चालन गर्न दिइने जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।

आइतबार बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले कोरोना महामारी रोकथाम तथा नियन्त्रण गर्न संंक्रामक रोग ऐन २०२० को दफा २ तथा स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ बमोजिम निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय