महोत्तरी— महोत्तरीमा बुधवारदेखि १० दिनका लागि निषेधाज्ञा जारी गरिएको छ ।

महोत्तरीमा दिनहुँ कोरोना संक्रमितको संख्या बढ्दै गएपछि स्थानिय प्रशासनले ९ दिनका लागि निषेधाज्ञा जारी गरेको हो ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीमा आज बसेको जिल्ला कोभिड–१९ संकट व्यवस्थापन केन्द्रको बैठकले ९ दिनसम्मका लागि निषेधाज्ञा लगाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले जानकारी दिए ।

प्रमुख जिल्ला अधिकारी भट्टराईकाका अनुसार वैशाख २२ गते बिहान ६ बजेदेखि वैशाख ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय