काठमाडाैं— सरकारले मधेश आन्दोलनका क्रममा लागेका १२० जनाको मुद्दा फिर्ता गरेको छ ।

सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले बुधवार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी मुद्दा फिर्ता भएको जानकारी गराएका हुन् ।

‘नेपाल सरकार बादी भई १ सय २० जना प्रतिवादी रहेका १५ वटा मुद्दा फिर्ता भएको छ । कानून र संविधान बमोजिम फिर्ता लिन मिल्नेलाई निरन्तर लिँदै जाने छ,’ गुरुङले भने ।

जनता समाजवादी पार्टी जसपाको माग अनुसार सरकारले मधेश आन्दोलनका क्रममा लागेका व्यक्तिहरूको मुद्दा फिर्ता गरेको हो ।

सरकारलाई समर्थनका लागि जसपाले मुद्दा फिर्तालाई शर्त बनाउँदै आएको थियो ।

जसपाको माग बमोजिम सरकारले मुद्दा फिर्ता लिएको हो ।

विप्लवसँग सम्बन्धित मुद्दा पनि फिर्ता हुने क्रममा रहेको उनले बताए ।

हेर्नुहोस्, क-कसको मुद्दा फिर्ता भयो ?

साभारः लोकान्तर डटकम

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय