ढल्केवर- संसद विघटनको विरोधमा जनता समाजवादी पार्टी (जसपा) नेपालले धनुषाको ढल्केवरमा मसाल जुलुश निकालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अलोकतान्त्रिक ढंगले संघीयतालाई नै असफल बनाउने उद्देश्यले संसद विघटन गरेको भन्दै जसपाले बुधबार ढल्केवरमा मसाल जुलुश निकालेको हो ।

पार्टीको पूर्वघोषित कार्यक्रम अनुसार जसपाले ढल्केवरमा निकालेको जुलुशमा सहभागीहरूले प्रधानमन्त्री र राष्ट्रपतिविरुद्ध चर्को नाराबाजी गरेका थिए ।

ढल्केवरस्थित इलाका प्रहरी कार्यालय अगाडीबाट निकालिएको मसाल जुलुश ढल्केवर चाैकको विभिन्न भागमा परिक्रमा गर्दै शहिद स्मार्क पार्क अगाडी पुगेर कोणसभामा परिणत भएका थिए ।

कोणसभालाइ सम्बोधन गर्दै जसपा नेपालका नेता चन्देश्वर महतोले प्रधानमन्त्रीले संविधान मिचेर गरेको प्रतिनिधीसभा विघटनको कार्य राष्ट्रघाती रहेकोले प्रतिनिधी सभा पुनर्स्थापना गर्नुपर्ने माग गरे । उनले प्रतिनिधीसभा पुनर्स्थापना नभए आफुहरु शसक्त आन्दोलन गर्ने पनि चेतावनी दिए । नेता महतोले प्रधानमन्त्री केपी शर्मा ओली र राष्ट्रपति विद्या देवि भण्डारीको राजीनामा समेत माग गरे ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय