सिरहा- कोरोना संक्रमणबाट सिरहामा थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय सिरहाका प्रमुख कृष्णदेव यादवका अनुसार सुखीपुर नगरपालिका–८ का ७० वर्षीय वृद्धको प्रादेशिक अस्पताल जनकपुरमा उपचारका क्रममा बिहीबार मृत्यु भएको हो ।

एक्कासि ज्वरो र रुघाखोकी लागेर श्वास लिन गाह्रो भएपछि वृद्धलाई कात्तिक ३ गते उपचारका लागि प्रादेशिक अस्पताल जनकपुरमा भर्ना गरिएको थियो । सोही दिन स्वाब लिइएको उनको भोलिपल्ट पीसीआर रिपोर्ट पोजिटिभ आएको थियो ।

रिपोर्ट पोजिटिभ आएपछि प्रादेशिक अस्पतालको ओइसोलेसनमा राखेर उपचार गरिएको थियो । उनी दमका रोगीसमेत थिए ।

योसँगै सिरहामा कोरोना संक्रमण पुष्टि भएर मृत्यु हुनेको संख्या १७ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय