काठमाडौं- चौतर्फी आलोचना र दवावपछि लोकसेवा आयोगले कार्तिक १६ गतेदेखि लिने तयारी गरेका सबै लिखित परीक्षा स्थगित गरेको छ।

सोमबार बसेको आयोगको बैठकले अर्को सूचना नआउन्जेलका लागि निजामती,  सुरक्षा निकाय र संगठित संस्थाका सबै परीक्षा स्थगित गर्ने निर्णय गरेको बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

कोरोनाभाइरसका कारण परीक्षार्थीमा देखिएको भय र आयोगका कर्मचारी नै कोरोना संक्रमित भएर आइसोलेसनमा बसेकाले परीक्षा स्थगित गरेको आयोगको भनाई छ ।

साभारः रातोपाटी

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय