पहुँचका आधारमा पञ्चायती गरेर अपराधलाई दबाउने, दोषीलाई उम्काउने र पीडितलाई नै दबाएर जाने प्रवृत्ति देखिएको मुख्यमन्त्री राउत बताउँछन् । उनी भन्छन्, ‘बलात्कार घटनामा संलग्नलाई कारबाही गराउनुको सट्टा पञ्चका नाममा वा जनप्रतिनिधिका नाममा, पीडकको पक्षमा लागेर कहीँ न कहीँ अपराधीलाई सजायँ हुन नदिनु दुःखद हो ।’
बलात्कारीलाई राजनीतिक संरक्षण गर्न नहुने राउतले बताए । ‘बलात्कारीलाई कार्वाही नगरेको सवालमा प्रहरी प्रशासन एउटा पार्ट होला, तर राजनीतिककर्मी पनि दोषबाट उम्कन सक्दैन्न’ मुख्यमन्त्री राउत भन्छन्, ‘राजनीतिक दलका मान्छेहरु आफ्ना मान्छेका नाममा अपराधीलाई संरक्षण गरिरहेका छन् ।’
अपराधीहरु आफ्नै नातेदार भए पनि संरक्षण गर्न नहुने मुख्यमन्त्री राउतले बताए । ‘अपराधी, अपराधी नै हो, चाहे आफ्नै छोरा, दाइभाइ वा पार्टीका नेता कार्यकर्ता नै किन नहोस्’ उनले भने, ‘यस्ता घटनामा संलग्न भएपछि कारवाही गराउनेतर्फ जानुपर्छ । हामी जब यो सोचबाट माथि उठ्दैनौं, यस्ता अपराधका घटना दोहोरिइहन्छन् ।’