धनुषा- जनकपुरमा विभिन्न पाटी परित्याग गरी पचास भन्दा बढी नेता तथा कार्यकर्ता नेपाल सद्भावना पाटीमा प्रवेश गरेका छन् ।

पाटीको केन्द्रिय कार्यालय जनकपुरधाममा आयोजित पाटी प्रवेश कार्यक्रममा जनता समाजवादी पाटी, आम आदमी पार्टीलगायतका पाटीका पचास भन्दा वढी नेता तथा कार्यकर्ता नेपाल सद्भावना पाटीमा प्रवेश गरेका हुन् ।

पार्टी प्रवेश गर्नेमा आम आदमी पार्टीका केन्द्रिय सदस्य तथा धनुषा जिल्ला अध्यक्ष नरेश यादव, जनता समाजवादी पार्टीका मिथिला नगरपालिका वडा नं २ का अध्यक्ष विरेन्द्र कुमार महतोलगायतको नेतृत्व पचास भन्दा बढी नेता तथा कार्यकर्ता रहेको पार्टीका केन्द्रिय कार्यालय सचिव नागेन्द्र सिंहले जानकारी दिए ।

कार्यक्रममा नव प्रवेशी नेता तथा कार्यकर्तालाई नेपाल सद्भावना पार्टीका केन्द्रिय अध्यक्ष राजेन्द्र प्रसाद सिंहले टिकाई लगाइ सदस्यता प्रदान गरेका थिए ।

पार्टीको कार्यवाहक केन्द्रिय अध्यक्ष राम कुमार महतोको अध्यक्षतामा पार्टी प्रवेश कार्यक्रमको आयोजना गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय