![](https://khabarbureau.com/wp-content/uploads/2020/09/media-briefing-jageshwar-gautam.jpeg)
काठमाडौं- नेपालमा थप १५७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ५७३ संक्रमित थपिएका हुन् ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ७३ हजार ३९४ पुगेको छ । देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १९ हजार १९ रहेको छ ।
पछिल्लो २४ घण्टामा ८८५ जना देशभरका विभिन्न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ५३ हजार ८९८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७३ दशमलव ४ प्रतिशत रहेको छ ।