काठमाडाैं- नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दलले स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

तरुण दलले बुधवार कांग्रेसका संस्थापक नेता एवं पूर्व प्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाको १०७ औं जन्मजयन्तीका अवसरमा पाटन र वीर अस्पतालमा स्वास्थ्य सामग्री सहयोग गरेको हो ।

तरुण दलले पाटन अस्पतालमा १ हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण (पीपीई) र २० थान फेस शिल्ड तथा वीर अस्पतालमा १ हजार थान मास्क, २० थान व्यक्तिगत स्वास्थ्य उपकरण (पीपीई) र २० थान फेस शिल्ड सहयोग गरेको हो ।

कार्यक्रममा तरुण दलका केन्द्रीय अध्यक्ष जीतजङ्ग बस्नेतले कोभिड–१९ को जोखिम बढिरहेका बेलामा अग्रभागमा रहेर जनताको स्वास्थ्य सेवामा खटिने स्वास्थ्यकर्मीलाई सहयोग गरिएको बताए । स्वास्थ्य सामग्री कांग्रेस महासमिति सदस्य हरिबोल भण्डारी र मेन्ज फाउन्डेसनका अध्यक्ष मेन्ज खानले उपलब्ध गराएका थिए ।

तरुण दलले १०७ औं बीपी जन्मजयन्ती सामाजिक दूरी कायम गरेर विभिन्न कार्यक्रम गरी मनाउन सबै जिल्ला समितिलाई परिपत्र समेत गरिसकेको छ । बुधवार कांग्रेस र सो पार्टीका भ्रातृ तथा शुभेच्छुक संस्थाले विभिन्न कार्यक्रम गरी बीपी जयन्ती मनाउँदै छन् । रासस

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय