काठमाडौं- नेपालमा थप १२२८ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा एक हजार २२८ संक्रमित थपिएको जानकारी दिए ।

जसमा ३९४ महिला र ८३४  पुरुष रहेका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४२ हजार ८७७ पुगेको छ ।

पछिल्लो २४ घण्टामा  जना देशभरका विभिन्‍न अस्पतालबाट ९१७ डिस्चार्ज भएका छन् । पछिल्लो  त्यसैगरी हालसम्म २४ हजार २०७ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ५६ प्रतिशत रहेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या १८ हजार ४१३ रहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय