काठमाडौं- नेपालमा कोरोना भाइरस संक्रमणबाट थप सातजनाको मृत्यु भएको छ ।

कोरोना भाइरस संक्रमणबाट पछिल्लो २४ घण्टामा थप सातजनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायका प्रवक्ता डा. जागेश्वर गौतमले बताए । मृत्यु हुनेमा काभ्रे, धनुषा, नवलपरासी, मोरङ, बाँके र कास्कीका एक-एक पुरुष र तनहुँकी एक महिला रहेका छन् ।

प्रवक्ता गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय